IME Life New

एशियन लाइफको ५०% हकप्रद फागुन १३ बाट, दुई अर्ब पुर्याउन फेरि पनि हकप्रद दिनु पर्ने अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले माघ ७ सम्म कायम शेयरधनीहरुका लागि २ कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा ४० लाख २७ हजार कित्ता शेयर हकप्रदमार्फत बिक्री गर्न लागेको हो। कम्पनीका शेयरधनीले चैत्र १८ गतेसम्म हकप्रद आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल कम्यापिटलले जनाएको छ। हकप्रद आवेदन एनआर्इविएल क्यापिटल लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु ललितपुर र पोखरा, एशियन लाइफ इन्स्योरेन्सको केन्दिय तथा शाखा कार्यालयहरुबाट र आस्वा सुविधा भएका बैंक तथा वित्तीय संस्थाहरुबाट दिन पाइनेछ।
हकप्रदपछिको पूँजी 
कम्पनीको हालको चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ छ। हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ। जसमा संस्थापक शेयरधनीतर्फ ७० प्रतिशत अर्थात ८४ करोड २८ लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीतर्फ ३० प्रतिशत अर्थात ३६ करोड ५५ लाख रुपैयाँ पुग्नेछ।
कम्पनीले बीमा समितिको निर्देशन अनुसार पूँजी २ अर्ब पुर्याउन अझै ८० करोड रुपैयाँ जुटाउनु पर्नेछ। यसको लागि कम्पनीको जगेडा कोषमा २२ करोड रुपैयाँ जम्मा छ, जसमध्ये केहि बोनस शेयरको रुपमा दिन सक्छ। र, नपुग पूँजी पुनः हकप्रद निष्काशन गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS