IME Life New

सबै भन्दा धेरै प्रति ईकाई खुद मुल्य-NAV भएको म्युचल फण्डको इन्स्योरेन्समा लगानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड-१ आजको दिनमा म्युचल फण्ड मध्य सबै भन्दा धेरै प्रति ईकाई खुद मुल्य ( NAV ) भएको म्युचल फण्ड हो। जेष्ठ मसान्तकोको खुद सम्पत्ति मुल्य सम्बन्धी विवरण अनुसार एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड-१ को प्रति ईकाई खुद मूल्य ( NAV ) १३ रुपैया ३८ पैसा रहेको छ।

एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड-१ ले २४ प्रतिशत लगानी इन्स्योरेन्स क्षेत्रमा गरेको देखिन्छ, सरकारले इन्स्योरेन्स मैत्री नीति निर्माण गरेको खण्डमा नेपालमा इन्स्योरेन्स कम्पनीहरुको भबिष्य राम्रो रहेको बिमा कम्पनीहरुले बताउने गरेका छन्।

Esewa
Crest

यस फण्डले सुचिकृत शेयरमा ४२ करोड ३९ लाख रुपैया लगानी गरेको छ भने बैंक मौज्यात मा ३९ करोड ७ लाख रुपैया राखेको छ।
कम्पनीले आफ्नो शेयरलगानीको ३७ प्रतिशत वाणिज्य बैंकको शेयरमा लगानी गरेको छ।

हेरौ कुन क्षेत्रमा कति लगानी :


जेष्ठ महिनाको खुद सम्पत्ति मुल्य सम्बन्धी विवरण अनुसार फण्डले १२ वटा इन्स्योरेन्स कम्पनीहरुमा १० करोड २२ लाख रुपैया लगानी गरेको छ। फण्डको सबै भन्दा धेरै लगानी सगरमाथा इन्स्योरेन्स कम्पनीमा रहेको छ। उपलब्ध तथ्याङ्क अनुसार फण्ड संग्ग १ करोड ३० लाख बराबरको सगरमाथा इन्स्योरेन्स को शेयर रहेको छ।

एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड-१ को कुन इन्स्योरेन्स कम्पनीमा कति लगानी :

एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड-१ ७५ करोड को फण्ड हो भने विस २०७६  कार्तिक ३  फण्डको  निर्धारित समयावधि समाप्ती हुने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS