IME Life New

नयाँ जीवन बीमा कम्पनीहरुको ५ अर्ब माथिको आईपिओ आउने, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नयाँ  जीवन बीमा कम्पनीहरूले सञ्चालन अनुमति पाए सँगै अब ति कम्पनीहरूले निकट भविष्यमा सर्बसाधारणको लागि प्राथमिक निष्कासन (आइपिओ) जारी गर्ने छन्।

बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई २ अर्ब पुँजी पुर्‍याउन भने पनि कुनै पनि नयाँ जीवन बीमा कम्पनीहरूको पुँजी २ अर्ब पुगेको छैन।  उनीहरू आइपिओ मार्फत  जनतालाई शेयर दिएर २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने योजनामा छन्। बिमा समितिको निर्देशन अनुसार जारी पुंजीको कम्तिमा ३० प्रतिशत शेयर सर्बसाधारणलाई बिक्रि गर्नु पर्छ।

Esewa
Crest

अहिले सञ्चालनमा आएका ९ वटा नयाँ बीमा कम्पनी मध्ये अधिकांस जिबन बीमा कम्पनीहरुले ६० करोड रुपैयाँ बराबरको अईपिओ निष्कासन गर्ने योजना बनाएका छन्, भने सबै भन्दा धेरै आइपिओ सिटिजन लाइफले निष्कासन गर्ने  योजनामा छ , उसले ७५ करोड बराबरको प्राथमिक शेयर निष्कासन गर्ने छ।

आइपिओ प्रक्रिया पुरा भएपछि   सबै नयाँ जीवन बीमा कम्पनीहरूले २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छन् भने सबै भन्दा धेरै पुँजी सिटिजन लाईफको हुने छ।  आइपिओ पश्चात् सिटिजन लाईफको पुँजी २ अर्ब  ५० करोड पुग्ने छ।

शेयर बजारमा दिन प्रतिदिन शेयरको आपूर्ति वृद्धि भइरहेको बेला नयाँ  बीमा कम्पनीहरूको आउन लागेको ५ अर्ब ६८ करोड बराबरको प्राथमिक निस्काशनले बजारमा राम्रै शेयर थपिने छ।

सानो पुँजी भएको  हाईड्रोपावर र लाघुवित्तको आइपिओ भर्दै आएको लगानीकर्ताले भने अब प्राथमिक बजारमा आफ्नो स्वाद बदल्न पाउने  छन्।

हेरौ कुन कम्पनीको कतिको आईपीओ आउँदै छ ?

कम्पनी श्रोतका अनुसार यूनियन लाइफ इन्स्योरेन्स, सन् नेपाललाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स , आइएमई लाइफ इन्स्योरेन्स ले प्राथमिक निष्कासनको लागि बिक्रि प्रबन्धकमा नियुक्ति गरि सकेका छन् भने रिलायन्स लाइफ इन्स्योरेन्सले सर्बसाधारणलाई प्राथमिक शेयर निष्कासनको प्रस्ताब सहित साधारण सभा अबह्वन गरेको छ। अन्य कम्पनीले पनि छिट्टै साधारण सभा मार्फत सर्बसाधारणको लागि प्राथमिक निष्कासन (आइपिओ) जारीगर्ने प्रस्ताब पारित गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS