काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले १६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को असोजसम्म कम्पनीले १५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.७९ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म शेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड ३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ६७ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड १४ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १२.३९ प्रतिशतले बढेको छ।
चालु वर्षको असोजसम्म कम्पनीले २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.१५ प्रतिशतले बढेको छ।
कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब २८ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २१.३७ प्रतिशतले बढेको छ।
चालु वर्षको असोजसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.२९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.६२ रुपैयाँ थियो। पीई रेसियो ३५.४७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.०३ रुपैयाँ रहेको छ।











