काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ३ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।











