IME Life New

‘बीमा कम्पनीका कर्मचारीहरु सहकर्मीलाई सघाउने र सिकाउने मामिलामा निक्कै सहयोगी’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको बीमा कम्पनीका कर्मचारीहरुको रोजगारीसँग सम्बन्धित सन्तुष्टिसम्बन्धी अध्ययन प्रतिवेदनले बीमा कम्पनीका कर्मचारीहरु आपसमा निक्कै सहयोगी रहेको औँल्याएको छ।

प्रतिवेदनमा सहकर्मीबाट प्राप्त हुने सहयोगको स्तरको आधारमा कर्मचारीहरुको सन्तुष्टि मापन गर्दा निर्जीवन र लघु बीमकको तुलनामा जीवन बीमा कम्पनीका कर्मचारीहरुको सन्तुष्टि स्तर तुलनात्मक रुपमा केही माथिल्लो श्रेणीमा रहेको पाइएको छ। लघु बीमा जीवन तथा निर्जीवन दुवै कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको सन्तुष्टि स्तर सबैभन्दा न्यून रहेको तथ्य तथ्यांकीय विश्लेषणले पुष्टि गरेको छ।

Esewa
Crest

अध्ययनमा सहभागी ३ हजार ७ सय ६७ कर्मचारीहरुको प्रतिक्रियाका आधारमा यो निष्कर्ष निकालिएको हो । सहकर्मीहरुबीचको सुमधुर सहयोग, कामप्रतिको स्पष्ट जिम्मेवारीको भावनाले यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा सकारात्मक ऊर्जा थपेको छ।

समग्रमा सहकर्मीहरुको सहयोग औसत ४.३८, मानक विचलन ०.८२ र कार्य जिम्मेवारीको स्पष्टता औसत ४.१७, मानक विचलन ०.९१ सन्तुष्टिका प्रमुख आधार बनेका छन्। यसैगरी कार्यस्थलमा हुने आदर र समावेशिता औसत ४.२६ तथा सुपरिवेक्षकको सहयोग औसत ४.२१ ले सकारात्मक ऊर्जा थपेको छ भने ४४.८७ प्रतिशत कर्मचारीले भविष्यमा पनि यही संस्थामा निरन्तरता दिने दृढता औसत ४.०२ व्यक्त गरेका छन्।

अध्ययनमा सहकर्मीको सहयोगको औसत ४.३८ र यसको मानक विचलन ०.८२ देखाइएको छ। यसलाई सरल भाषामा बुझाउँदा ५ मा ४.३८ को औसत स्कोरले बीमा क्षेत्रका कर्मचारीहरु आफ्नो कार्यालयका सहकर्मीहरुबाट असाध्यै धेरै सहयोग र सद्भाव पाइरहेका छन् भन्ने तथ्यको पुष्टि गर्छ। यसका साथै ०.८२ को मानक विचलनले कर्मचारीहरुको यो विचारमा धेरै ठूलो भिन्नता छैन, लगभग प्रायःजसो कर्मचारीहरु आफ्ना सहकर्मीहरुको आपसी सहयोग र सामूहिक भावनाप्रति सकारात्मक छन् भन्ने बुझाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS