काठमाडौं । हिजो दोहोरो अंकले बढेको शेयर बजार आज पनि दोहोरो अंकले नै बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ५४ अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ । आज १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५० कम्पनीको २ करोड ३२ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको २५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सोपान फर्मास्यिुटिकल्सका लगानीकर्ताले ८ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्सका लगानीकर्ताले ५ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआरएन इन्फ्राइष्ट्रक्चर एन्ड डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतका दरले गुमाएका हुन् ।












