IME Life New

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई विस्तार गर्ने उद्देश्यले भिसासँग ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ (Visa Direct to Account) सेवा सञ्चालनका लागि सम्झौता गरेको छ। यस सहकार्यपछि बैंकका ग्राहकले विदेशबाट रकम पठाउन थप सहज विकल्प प्राप्त गर्ने बैंकले जनाएको छ।

भिसाको अन्तर्राष्ट्रिय रकम स्थानान्तरण प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको छ। यस प्रविधिमार्फत ग्राहकले सहज, भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकको विश्वास छ।

Esewa
Crest

सम्झौतापछि एनएमबी बैंकका ग्राहकले विदेशबाट रकम पठाउन नयाँ विकल्प पाउनेछन्। यसले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण प्रक्रियालाई थप सहज बनाउनुका साथै ग्राहकलाई डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

एनएमबी बैंकले हाल देशभरका १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS