IME Life New

बीमा प्राधिकरणले लागू नै गरेन सीइओका लागि ६ महिने कुलिङ पिरियडको व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८२ मा बीमकको कार्यकारी तहमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) र उप कार्यकारी प्रमुख (डिसीइओ) सम्बन्धी व्यवस्था छ। यी दुई बाहेक कार्यकारी तहका प्राधिकरणले अन्य पदको परिकल्पना गरेको छैन । यसको विपरित बीमकले वरिष्ठ उप कार्यकारी प्रमुख, सहायक उप कार्यकारी प्रमुख सहितका विभिन्न पदनाम जोडेर कर्मचारी नियुक्ति गर्ने र जिम्मेवारी दिने प्रवृत्ती कायम छ।

पछिल्लो समयमा संस्थागत सुशासन निर्देशिका २०८२ को प्रावधान छल्नका लागि वरिष्ठ उप कार्यकारी प्रमुखको पद आवरणका रूपमा प्रयोग गर्ने प्रवृत्ती बढेको छ। निर्देशिकाको निर्देशन ४१ मा बीमकको प्रमुख कार्यकारी पदबाट अवकाश वा राजीनामा दिएको व्यक्तिले कम्तीमा ६ महिनासम्म अन्य कुनै बीमकको सञ्चालक, सल्लाहकार तथा परामर्शदाता बाहेक अन्य पदमा बहाली लिन नपाउने प्रावधान छ।

Esewa
Crest

६ महिनाको अवधि अवकाश प्राप्त सीइओका लागि कुलिङ पिरियड अर्थात् विश्राम अवधि हो । यस्तो अवधि तोकिनुको पछाडी भर्खरै सीइओ पदबाट बाहिरिएको व्यक्तिले केही समय विश्राम गरून् र एउटा बीमकमा कार्यरत रहँदाको प्रभावलाई तुरून्तै अर्को बीमकको हितमा प्रयोग गर्न अग्रसर नहोउन् । तर, यो प्रावधान कागजमा मात्र सीमित हुन पुगेको छ।

निर्देशिकाको प्रावधानले स्पष्ट भन्छ, सञ्चालक, सल्लाहकार तथा परामर्शदाता बाहेक अन्य पदमा बहाली लिन नपाउने। प्रावधान यति प्रष्ट हुँदा हुँदै पनि एउटा बीमकको सीइओ राजीनामा गरेलगत्तै अर्को बीमकमा वरिष्ठ डिसीइओ वा डिसीइओ पदमा नियुक्ति लिंदा समेत नेपाल बीमा प्राधिकरण माैन बस्दै आएको छ। आफैंले जारी गरेको निर्देशिका कार्यान्वयन गर्न नसक्ने भए निर्देशिका खारेजी गर्ने वा निर्देशिकामा भएका प्रावधानहरू उलंघन गर्नका लागि बनाइएको हो भन्ने एउटा सार्वजनिक सूचना जारी गरेर सर्वसाधारणलाइ भ्रम मुक्त पारिदिने काम गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS