IME Life New

नेस्लेका शिशु आहार उत्पादनमाथि भारतमा प्रश्न: ‘ल्याक्टोजेन’ र ‘नान’ को दाबीमा वैज्ञानिक प्रमाण माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा अत्यधिक माग र उपभोग हुने भारतीय कम्पनी नेस्ले इन्डियाका शिशु आहार  उत्पादनहरू ‘ल्याक्टोजेन’ (Lactogen) र ‘नान’ (NAN) का विज्ञापन तथा दाबीहरूमाथि भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले गम्भीर प्रश्न उठाउँदै स्पष्टीकरण सोधेको छ।

नेपालमा अधिकांश शिशु आहार भारतबाट आयात हुने र नेस्लेका उत्पादनहरू नेपाली उपभोक्ता माझ निकै लोकप्रिय रहेकाले यो घटनाले नेपाली अभिभावकहरूमा पनि चासो बढाएको छ।

१. ‘Lactogen Pro 1 Powder’ माथि ध्यानकर्षण

‘Lactogen Pro 1’ को प्याकेजिङमा “Whey Protein सजिलै पच्ने दुधको प्रोटिन हो” (Easy to digest) भन्ने दाबी गरिएको छ।
FSSAI ले नेस्लेलाई यो दाबी साबित गर्ने वैज्ञानिक कागजात र प्रमाण (Scientific Substantiation) तोकिएको समयभित्र पेस गर्न निर्देशन दिएको छ।

२. ‘NAN Excella Pro Stage 1’ को दाबी गैर-कानुनी

 यस उत्पादनमा “5 HMOs ले सामान्य प्रतिरक्षा प्रणाली (Immune System) लाई सहयोग गर्छ” भनी प्रचार गरिएको छ।
प्राधिकरणका अनुसार कुनै पनि रोग रोकथाम वा विशेष शारीरिक अवस्था सुधार गर्ने दाबी बिनास्वीकृति गर्न पाइँदैन। यसका साथै Whey Protein सम्बन्धी दाबीको पनि वैज्ञानिक पुष्टि माग गरिएको छ।

३. सामाजिक सञ्जालमा गैर-कानुनी विज्ञापन र प्रचार

इन्स्टाग्राम इन्फ्लुएन्सर इरा फातिमाले पोस्ट गरेको ‘Top 5 Infant Formula’ भिडियोमा Nan-Pro 1, Aptamil Premium 1, Similac Advance 1, Enfamil A+ Stage 1 र Dexolac 1 जस्ता उत्पादनहरूको गैर-कानुनी प्रचार गरिएको पाइएको छ।
शिशु दुध विकल्प ऐन, १९९२ तथा २०२० को नियम अनुसार शिशु आहारको कुनै पनि माध्यमबाट विज्ञापन वा प्रवर्द्धन गर्न पाइँदैन। प्राधिकरणले सम्बन्धित कम्पनीहरू Nestlé India, Abbott, Nutricia, Mead Johnso लाई कारण देखाउ नोटिस जारी गरेको छ।

 

Esewa
Crest
नेपालमा पनि ६ महिनाभन्दा मुनिका शिशुहरूका लागि ‘ल्याक्टोजेन’ र ‘नान’ जस्ता उत्पादनहरूको उपभोग ठूलो मात्रामा हुने गर्दछ। प्राधिकरणको यस कदमले शिशु आहार खरिद गर्दा कम्पनीहरूले प्याकेटमा गर्ने आकर्षक दाबीहरू जस्तै: सजिलै पच्ने, रोग प्रतिरोधी क्षमता बढाउने दाबी पछाडीका वैज्ञानिक आधारमा सतर्क रहन नेपाली अभिभावकहरूलाई सचेत गराएको छ।
६ महिनासम्मका शिशुका लागि आमाको दुध नै सर्वोत्कृष्ट आहार हो। शिशु आहार प्रयोग गर्नुअघि सधैँ बालरोग विशेषज्ञको परामर्श लिनु उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS