काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को लागि हालसम्म ८ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
हालसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा सिद्धार्थ बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक र एभरेष्ट बैंक हुन् ।
नबिल बैंकले आर्थिक वर्ष २०८२।८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १० दशमलव ८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६.४६ रुपैयाँबराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६.७६ रुपैयाँ रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ। बैंकले बुक क्लोज गरिसकेको छ । बैंकले आफ्नो ४२ औँ वार्षिक साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) रहेका छन्। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।
सानिमा बैंकले बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ छ। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तपुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
बैंकले बुक क्लोज गरिसकेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।
कुमारी बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०५३ प्रतिशतले हुन आउने ५५ करोड २१ लाख २३ हजार ३९६.६३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा यही असोज २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
बैंकले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैंकले बुक क्लोज गरिसकेको छ ।












