IME Life New

नेपाल लाइफको सम्मान कार्यक्रममा भएको विवादबारे के भन्छन् अभिकर्ता संगठनहरु ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार राखेको राष्ट्रिय सम्मान कार्यक्रममा भएको विवादका विषयमा अभिकर्ता संगठनहरुले आफ्नो धारणा सार्वजनिक गरेका छन्। पेसागत बीमा अभिकर्ता संघ नेपाल (बीमा समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी) र नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी उक्त घटनाका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पेसागत बीमा अभिकर्ता संघले नेपाल लाइफ इन्स्योरेन्सका देशैभरिबाट उत्कृष्ट काम गरेका अभिकर्ताको राष्ट्रिय सम्मान कार्यक्रम होटल याक एन्ड यतीमा चलिरहेको अवस्थामा केही गैरअभिकर्ता र पेसागत बीमा अभिकर्ता संघ नेपाल बीमक समितिको नाममा उठाइएका हरहिसाब हिनामिना गरी संघका कागजात बरबुझारथ नगरी अर्को संगठन गैरकानुनी तरिकाले दर्ता गरे भनी अनावश्यक विवाद निकालेको दाबी गरेको छ। ‘कार्यक्रमको सम्मानलाई समेत प्रभावित बनाउने उद्देश्य लिएर अमुक कम्पनीमा काम गर्ने अभिकर्तालाई समेत बाहिर बोलाई हुलहुज्जत गर्न खोजेको, कम्पनीलाई बदनाम गर्न र कार्यक्रममा सम्बन्ध नै नरहेको विषय उठाई भ्रामक कू प्रचार गरी देशैभरिबाट सम्मानित हुन आएका अभिकर्ताहको मानमर्दन गर्ने कोसिस भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल लाइफको आक्रमक व्यवसाय वृद्धिलाई तहस नहस बनाउने उद्देश्य लिएर केही पत्रकारलाई समेत प्रयोग गरी झूटा प्रचार गर्ने कू प्रयास गरेको पाइएको छ।’

Esewa
Crest

राष्ट्रिय सम्मान कार्यक्रम निर्धारित समयमा भव्य र सभ्य तरिकाले निरन्तर चलिरहेको अवगत गराउँदै यस्ता भ्रामक कू प्रचारको सबै तहबाट खण्डन गर्नुका सौ यस्ता गलत प्रवृतिका विरुद्ध कानुनी कारबाही अगाडि बढाउन कम्पनी तथा सम्बन्धित निकायसँग संघले अनुरोध गरेको छ।

उता नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल लाइफमा कार्यरत अभिकर्ताहरुको वर्षभरिको आफ्नों मेहनत र पसिना बगाएर प्रथम बीमाशुल्क संकलनमा कम्पनीमा योगदान गर्दै कम्पनीले दिएको लक्ष्य पूरा गरी सम्मानका लागि बोलाइएका आफूहरुलाई दुव्र्यवहार गरेको जनाएको छ। ‘नेपालको संविधान, ट्रेड युनियन ऐन, श्रम ऐनबमोजिम श्रम विभागमा विधिवत रुपमा दर्ता भएको ट्रेड युनियनका लिडरहरुलाई अपमान गरी अभिकर्ताबीच फुट ल्याई बीमितको बोनससमेत घटाइरहेको र अभिकर्ताहरुमा असमान व्यवहार गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा राज्यको ऐन–नियमबमोजिम संगठित भएका अभिकर्ताबाट आफ्नो सांगठानिक पहिचान खोज्दा सम्मान कार्यक्रम भएको होटलमा वाउन्सर र सुरक्षाकर्मी प्रहरी प्रयोग गरी समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यलगायतका केही अभिकतां साथीलाई गिरफ्तार गरी कानुनी राज्य र श्रमिकको संगठित हुने अधिकारमाथि गरेको ज्यादतीको घोर भत्र्सना, निन्दा र विरोध गर्दछौँ।’

अन्यायका विरुद्ध अभिकर्ता, बीमित र बीमा व्यवसायका हितका लागि आवाज उठाउन बीमाकर्मी, पत्रकार, बीमित र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा संघले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS