IME Life New

प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन र नाफा दुबै बढ्यो, प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको छ ।

१ अर्ब ८४ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा १ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड ४१ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४१ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ९३ लाख रुपैयाँ र अन्य इक्विटीमा १९ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७४ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३ करोड ३३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको हो ।

समीक्षा वर्षमा कम्पनीले ६९ करोड ४५ लाख खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ६ दशमलव ४१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थिया

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ५ करोड ३५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ३८ करोड ६ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस सीमक्षा अवधिमा पुनर्बीमा मार्फत कम रकम खर्चिएको हो ।

यस समीक्षा अवधिमा कम्पनीले २४ करोड ६४ लाख माथि खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २० करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा १९ दशमलव ७१ प्रतिशतले बढेको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ३३ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS