IME Life New

प्रभु महालक्ष्मी लाइफको अधिकांश सूचकमा आकर्षक प्रगति, जीवन बीमा कोषको आकार ३२.७७% ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा वृद्धि देखिएको छ ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ३७ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १ दशमलव ३० प्रतिशतले बढेको छ ।

Esewa
Crest

५ अर्ब ३० करोड रुपैयाँ शेयरपूँजी भएको कम्पनीको समीक्षा वर्षमा महाविपत्ति कोषमा १४ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा २८ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा ११ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३४ करोड ६१ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा १८ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा १३ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार ३२ दशमलव ७७ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा कम्पनीले ६ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २० दशमलव ९३ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा वर्षमा ६ अर्ब २६ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ५ अर्ब १७ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २० दशमलव ९६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०८ पैसा रहेको छ । पीई रेसियो ६१.२० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS