IME Life New

एनभिडियाका सीईओको विशेष ज्याकेट ९.६० लाख डलरमा बिक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको पहिचान बनिसकेको उनको खास कालो लेदरको ज्याकेट लगभग ९ लाख ६० हजार डलरमा लिलामीमा बिक्री भएको छ। अक्सन हाउस सोथेबीजद्वारा आयोजित लिलामीमा यो ज्याकेट अपेक्षित मूल्यभन्दा १६ गुणा बढी मूल्यमा बिक्री भएको हो।

यो ज्याकेट सुरुमा ४० हजार डलरदेखि ६० हजार डलरसम्ममा बेच्ने अनुमान गरिएको थियो। यस लिलामीबाट प्राप्त सम्पूर्ण रकम प्रविधि र विज्ञान क्षेत्रका युवा नवप्रवर्तकरूलाई सहयोग गर्न दान गरिनेछ।

Esewa
Crest

फर्च्युनका अनुसार यस लिलामीबाट प्राप्त रकम सान फ्रान्सिस्कोमा रहेको भेन्चर क्यापिटल फर्म लङ जर्नी भेन्चर्सद्वारा सुरु गरिएको पहलमा जानेछ। यो पहलले एज इन्स्टिच्युट नामक गैरनाफामुखी संस्थालाई समर्थन गर्दछ। एज इन्स्टिच्युटले नयाँ विचारहरुमा सहकार्य गर्न प्रविधि, विज्ञान, संस्कृति र समाजका मानिसहरुलाई एकसाथ ल्याउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS