IME Life New

नेपाल मेडिकल कलेजमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक तथा क्लिनिकल विषयमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि योग्य र अनुभवी चिकित्सकहरूबाट आवेदन आह्वान गरेको छ । कलेजले शुक्रबार एक सूचना जारी गरी सहप्राध्यापक तथा लेक्चरर पदमा आवेदन माग गरेकाे हाे ।

चिकित्सा शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा तथा अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले कलेजले एनेस्थेसियोलोजी, डीएम क्रिटिकल केयर, नेत्ररोग, रेडियोलोजी, छाला तथा यौनरोग, इन्टरनल मेडिसिन, बालरोग, न्युरोसर्जरी तथा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी विषयमा अध्यापन गर्न सक्ने योग्य चिकित्सकहरूको माग गरेको हो ।कलेजका अनुसार प्राध्यापन, बिरामी सेवा र अनुसन्धानप्रति समर्पित चिकित्सकहरूका लागि नेपाल मेडिकल कलेजले उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक शिक्षण–सिकाइ प्रणाली तथा व्यावसायिक विकासका अवसर उपलब्ध गराउँदै आएको छ । आवेदन मार्फत दक्ष तथा अनुभवी प्राध्यापकहरूको सहभागिताले चिकित्सा शिक्षाको गुणस्तर अझ सुदृढ हुने विश्वास कलेजले लिएको छ ।

Esewa
Crest

नेपाल मेडिकल कलेजले दक्ष, सक्षम र जिम्मेवार चिकित्सक उत्पादन गर्दै देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै कलेजले योग्य चिकित्सकहरूलाई आफ्नो शैक्षिक परिवारसँग आबद्ध हुन आग्रह गरेको छ ।

इच्छुक उम्मेदवारहरूले २०८३ साउन ७ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन career@nmcth.edu मा इमेलमार्फत वा कलेजको वेबसाइट www.nmcth.edu/career मार्फत अनलाइन पनि गर्न सकिने जनाएको छ ।

नेपाल मेडिकल कलेजले यस अवसरलाई चिकित्सा शिक्षामा योगदान दिन चाहने चिकित्सकहरूका लागि एक महत्वपूर्ण करियर अवसरका रूपमा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS