काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले व्यवस्थापकीय श्रेणीका लागि केही, अधिकृतमा वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृतका लागि केही संख्यामा र सहायकमा सुपरिवेक्षक, वरिष्ठ सहायक र सहायकका लागि केही संस्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।













