IME Life New

मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयको स्कुल अफ माथेमयाटिकल साएनस (एसएमएस) बीच नेपालको भावी एक्चुरी पेशाकर्मी उत्पादन गर्ने उद्देश्यका साथ छात्रवृत्ति कार्यक्रम सुरु गर्न साझेदारी गरिएको छ ।

नेपालको बीमा तथा वित्तीय सेवा क्षेत्रमा एक्चुरियल विज्ञान अत्यन्तै महत्वपूर्ण भए पनि यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको छ । यही आवश्यकतालाई सम्बोधन गर्दै सुरु गरिएको यस योग्यता आधारित छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई जना उत्कृष्ट विद्यार्थीलाई स्नातक तहको चार वर्षे अध्ययन अवधिभर छात्रवृत्ति प्रदान गरिनेछ । यस कार्यक्रममार्फत नेपालमा एक्चुरियल विशेषज्ञता अभिवृद्धि भई ग्राहकहरूको बदलिँदो आवश्यकताअनुसार अझ प्रभावकारी बीमा समाधान विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Esewa
Crest

छात्रवृत्तिका लागि विद्यार्थीहरूको छनोट पारदर्शी मूल्यांकन प्रक्रियामार्फत गरिनेछ । छनोट भएका विद्यार्थीहरूको चार वर्षे अध्ययन अवधिका प्रत्येक सेमेस्टरको शुल्क मेटलाइफ नेपालले व्यहोर्नेछ । सरकारी विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू लगायत विभिन्न शैक्षिक पृष्ठभूमिका प्रतिभाशाली विद्यार्थीहरूले पनि यस कार्यक्रममा समान अवसर प्राप्त गर्नेछन् ।

आर्थिक सहयोगसँगै, यस सहकार्यले शैक्षिक संस्था र उद्योगबीच सुदृढ सम्बन्ध स्थापना गर्दै व्यावहारिक सिकाइ, इन्टर्नशिप तथा व्यावसायिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्नेछ, जसले विद्यार्थीहरूलाई जोखिम व्यवस्थापन र बीमा क्षेत्रका वास्तविक चुनौतीहरूको सामना गर्न सक्षम बनाउनेछ ।

एक्चुरीहरूले बीमा योजनाको विकास, जोखिम व्यवस्थापन तथा दीर्घकालीन वित्तीय स्थायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । तर नेपालमा यस क्षेत्रमा दक्ष जनशक्तिको संख्या अझै सीमित छ । यस पहलमार्फत मेटलाइफ नेपालले व्यक्तिगत करियर विकासमा मात्र होइन, नेपालको समग्र वित्तीय प्रणालीलाई अझ सुदृढ बनाउन पनि योगदान पु-याउने विश्वास लिएको छ ।

यस साझेदारीबारे बोल्दै मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “मेटलाइफमा हामी अवसरको पहुँचले भविष्य निर्माण गर्छ भन्ने विश्वास गर्छौं । यस साझेदारीमार्फत हामी प्रतिभाशाली विद्यार्थीहरूलाई सहयोग गर्नुका साथै नेपालको वित्तीय भविष्यका लागि आवश्यक एक्चुरियल विशेषज्ञताको विकासमा योगदान दिन चाहन्छौं ।“

यसै अवसरमा त्रिभुवन विश्वविद्यालय, स्कुल अफ माथेमयाटिकल साएनस (एसएमएस) का निर्देशक नवराज पौडेलले भन्नुभयो, “यस सहकार्यले गुणस्तरीय शिक्षा प्रदान गर्ने र उद्योगका आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो उद्देश्यलाई थप मजबुत बनाएको छ । यो छात्रवृत्तिले योग्य विद्यार्थीहरूलाई आत्मविश्वासका साथ एक्चुरियल क्षेत्रमा करियर बनाउन प्रेरित र सक्षम बनाउनेछ ।“

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS