IME Life New

बिमा कम्पनीहरुका कर्मचारी मात्र होइन, मोटिभेशनल ट्रेनर पनि नक्कली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः नेपालमा संचालित निर्जीवन तथा जिवन बीमा कम्पनीका उच्चतहका कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आधारमा केहि समय अगाडी देखि छानबिनको क्रम चलिरहेकोमा बिमा कम्पनीहरुका ‘मोटिभेशनल ट्रेनर (बिमा बिक्रि उत्प्रेरक) तथा बिमा बिक्रि सल्लाहकार’ हरु पनि नक्कली शैक्षिक प्रमाणपत्रधारी रहेको गुनासो बढ्न थालेको छ ।
बिमा अभिकर्तालाई विभिन्न समय-समयमा पुनर्ताजगीकारणको लागि विभिन्न तरिकाले तालिम दिनको लागि बिमा क्षेत्रमा दक्षता हाशिल गरेका व्यक्तिहरुबाट तालिम तथा अनुभब अदान प्रदान गर्ने गरिन्छ, यो बिमाको विश्वब्यापी प्रचलन नै हो तर नेपालमा भने ‘मोटिभेशन ट्रेनर’ को नाममा बिमा क्षेत्रमा असफल तथा विभिन्न समयमा नक्कली शैक्षिक प्रमाणपत्र देखाएर बिमा कम्पनीहरुमा जगिर खानेहरु आफु आबद्ध कम्पनीमा आफ्नो नक्कली शैक्षिक प्रमाणपत्र छानबिन हुने डरले कम्पनीको जागिर छोडेर ‘मोटिभेशनल ट्रेनर’ को फरिया भिरेर हिड्ने गरेको श्रोतले जानकारी दिएको छ।

श्रोतले दिएको जानकरी अनुसार त्यस्ता ‘मोटिभेशनल ट्रेनर’ले प्रति घण्टा ५ हजार देखि २५ हजार सम्मको पारीश्रमिक माग्ने गरेका छन्, कुनै-कुनै बिमा कम्पनीहरु त्यस्ता मोटिभेशनल ट्रेनर’ बाट तालिमदिने गरेको श्रोतको दाबी छ।

Esewa
Crest

बिमा समितिका अनुसार हाल नेपालमा ‘मोटिभेशनल ट्रेनर’को योग्यता निर्धारण गरिएको छैन तर योग्य प्रशिक्षकबाट मात्र अभिकर्तालाई प्रशिक्षण दिनु बिमा कम्पनीहरुको दायित्व भित्र पर्छ, कुनै पनि बिमा कम्पनीले ट्रेनरको योग्यता हेरर मात्र अभिकर्ता प्रशिक्षणमा सहभागी गराउनु पर्छ, स्तरिय शैक्षिक योग्यता र अनुभब बिनाका व्यक्तिलाई सल्लाहकार वा प्रशिक्षक बनाउनु बिमा मर्यादा होइन। तर अहिले बिमा कम्पनीहरुले यो कुरामा ध्यान पुर्‍याउन सकेको देखिदैन।

र यो पनि हेर्नुहोस……..

इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरुको बिगबिगी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS