काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले उक्त पदमा योग्य हुनका लागि ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम प्लसटु गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले असार ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।













