IME Life New

जीवन बीमा व्यवसाय १२%ले बढ्दा कुन कम्पनीको बिजनेस ग्रोथ कस्तो ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो १० महिना (साउन–वैशाख) सम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले वैशाखसम्म १ खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ को वैशाखसम्म कम्पनीहरुले १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ भित्र्याएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार १२.०६ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार ग्रोथको हिसाबले आइएमई लाइफ अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा सबै कम्पनीको व्यापार बढेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म नेपाल लाइफले ४१ अर्ब १६ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३६ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १२.५१ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले वैशाखसम्म १९ अर्ब २ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १७ अर्ब २० करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १०.६१ प्रतिशतले बढेको छ।

धेरै व्यापार भित्र्याउने हिसाबले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष वैशाखसम्म कम्पनीले १५ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ८.१४ प्रतिशतले बढेर १६ अर्ब ८४ करोड २८ लाख रुपैयाँ पुगेको छ।

यसैगरी वैशाखसम्म हिमालयन लाइफले १५ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ९ करोड ६२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ९ अर्ब ५० करोड ९० लाख रुपैयाँ, एसियन लाइफले ८ अर्ब १ करोड ५२ लाख रुपैयाँ र सिटिजन लाइफले ६ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ५.५२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार १६.४३ प्रतिशत, सूर्यज्योति लाइफको ११.४७ प्रतिशत, एसियन लाइफको १२.२५ प्रतिशत र सिटिजन लाइफको १९.४९ प्रतिशतले बढेको छ।

त्यस्तै चालु वर्षको वैशाखसम्म सानिमा रिलायन्स लाइफले ५ अर्ब ९८ करोड ४ लाख रुपैयाँ, आइएमई लाइफले ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ, मेट लाइफले ५ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ९४ करोड १४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ७० करोड ७ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ५५ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा यी सबै कम्पनीको व्यापार बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS