IME Life New

बीमालेख धितो राखेर जीवन बीमकहरुबाट १ खर्ब बढी कर्जा प्रवाह, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमितका लागि जीवन बीमालेख एउटा महत्वपूर्ण वित्तीय साधनका रुपमा रहेको छ। बीमालेख धितो राखेर बीमितले सहज र सरल ढंगले कम्पनीहरुबाट ऋण लिन सक्छन्। बीमालेखको चुक्ता मूल्यका आधारमा बीमितले प्राप्त गर्ने कर्जा रकमको सीमा निर्धारण हुन्छ।

बीमकले बीमालेखअन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेख धितोमा कर्जा सुविधा उपभोग गर्न सकिन्छ। एकल बीमाशुल्क भुक्तानी गरी खरिद गरिने बीमालेखमा पनि बीमितले ३ वर्ष अवधि पूरा भएपछि मात्र यस्तो कर्जा उपभोग गर्न सक्छन्।

Esewa
Crest

जीवन बीमकहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको तथ्यांकअनुसार १४ वटा कम्पनीहरुले १ अर्ब ७ करोड ८८ लाख रुपैयाँ बीमालेख धितो राखेर बीमितलाई कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीहरुले ९७ अर्ब ७८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह २.३४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म १० वटा कम्पनीको बीमालेख धितो कर्जा बढेको छ भने ४ वटाको घटेको छ। सर्वाधिक कर्जा प्रवाह गर्नेमा नेपाल लाइफ रहेको छ भने कर्जा वृद्धिदरका हिसाबले आइएमई लाइफ अगाडि रहेको छ।

चालु आर्थिक वर्षको चैतसम्म नेपाल लाइफले ३६ अर्ब ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३६ अर्ब २२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कर्जा प्रवाह ०.५९ प्रतिशतले घटेको छ।

यसैगरी दोस्रो धेरै कर्जा प्रवाह गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसेन (एलआईसी नेपाल) रहेको छ। अघिल्लो वर्ष चैतसम्म २१ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म ०.३९ प्रहरीले घटेर २० अर्ब ४२ करोड २५ लाख रुपैयाँमा झरेको छ।

तेस्रोमा नेसनल लाइफ रहेको छ। चालु वर्षको चैतसम्म यो कम्पनीले २० अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा दिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १२ अर्ब १७ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कर्जा प्रवाह ८.९० प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ। यो कम्पनीले ६३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

वृद्धिदरका हिसाबले आइएमई लाइफ ३५.५१ प्रतिशतका साथ अगाडि रहेको छ। चैतसम्म यो कम्पनीले १ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

कुन कम्पनीले कति कर्जा प्रवाह ?

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS