IME Life New

आईएमई लाइफको ‘कर्णाली कनेक्सन’ : ‘शान्ति र सद्भाव यात्रा’ राराले बुझाएको जीवन बीमाको महत्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यबीच जीवनका गहिरा सन्देशहरु लुकेका हुन्छन्। कर्णाली प्रदेशको अनुपम धरोहर रारा ताल पुग्दा त्यो अनुभूति अझ प्रगाढ हुन्छ। यही पवित्र भूमिमा आईएमई लाइफ इन्स्योरेन्सले आयोजना गरेको ‘कर्णाली कनेक्सन’ अन्तर्गतको ‘शान्ति र सद्भाव यात्रा’ केवल भ्रमण मात्र नभई जीवन बुझ्ने एउटा विशेष अवसरका रुपमा महसुस गरियो।

रारा केवल ताल मात्र होइन, यसको धार्मिक, सांस्कृतिक तथा भौगोलिक महत्त्वले यसलाई अझ विशेष बनाएको छ। २९९० मिटरको उचाइमा अवस्थित नेपालको सबैभन्दा ठूलो यो ताल शान्तिको प्रतीक हो।

Esewa
Crest

किम्बदन्तीअनुसार सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर संसार भ्रमण गर्दा यसै क्षेत्र हुँदै यात्रा गरेको र यहाँ विश्राम गर्न खोज्दा स्थान नपाएको प्रसंगसँग जोडिएको विश्वासले रारालाई अझ पौराणिक र आध्यात्मिक महत्व प्रदान गरेको पाइन्छ। भनिन्छ– ‘महादेवले यहाँ विश्राम लिँदा आफ्नो कमण्डलुको जल पोखिएर अहिलेको रारा तालको निर्माण भएको हो भन्ने जनविश्वास पनि प्रचलित छ।’

कम्पनीले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै विश्वमा शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजना गरेको यो रारा भ्रमण जीवन बीमा क्षेत्रकै लागि एक उदाहरणीय पहलका रुपमा देखियो। करिब ३०० जना जीवन बीमा अभिकर्ता तथा कर्मचारीको सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको महसुस भयो। विशेषगरी कम्पनीका होनहार अभिकर्ता तथा कर्मचारीहरुले मेहनतपूर्वक हासिल गरेका उपलब्धिहरुले राराको शान्त परिवेशमा उज्यालो थप्दै शान्ति र आशाको दियो प्रज्वलित गरेको अनुभूति दिलायो।

यसका साथै विभिन्न स्थानबाट संकलित प्रतीकात्मक ‘लाख बत्तीका दियो’ र शक्ति पीठहरुबाट गरिएको आत्मिक संकल्पले विश्वभर शान्तिको खोजी भइरहेको सन्दर्भमा रारा ताल स्वयं शान्तिको सन्देशवाहक बनेको अनुभूति सहभागीहरुले गरे।

कर्णालीको यात्रा केवल पर्यटकीय अनुभवमा सीमित रहेन। यसले दुर्गम भौगोलिक अवस्था, पूर्वाधारको चुनौती र स्थानीय जीवनस्तरलाई नजिकबाट बुझ्ने अवसर पनि प्रदान गर्यो। घुमाउरा र कठिन सडकबीचको यात्रा स्वयं जीवनका अनिश्चितताको प्रतीक जस्तै लाग्यो, जहाँ जीवन बीमाको आवश्यकता अझ स्पष्ट रुपमा अनुभूत भयो।

राराको निलो, शान्त र स्थिर जलराशि जस्तै जीवन पनि बाहिरबाट शान्त देखिए पनि भित्र अनेक सम्भावना र अनिश्चितताहरु बोकेर बगिरहेको हुन्छ। यही सन्देशलाई आत्मसात गर्दै सहभागीहरुले जीवन बीमाको वास्तविक महत्वलाई अझ गहिराइमा बुझ्ने अवसर पाए।

यात्राका क्रममा सहभागीहरुबीच आपसी सम्बन्ध सुदृढ हुनुका साथै व्यावसायिक दृष्टिकोणमा नयाँ ऊर्जा र सकारात्मक सोचको विकास भएको देखिन्थ्यो। प्राकृतिक सौन्दर्यसँगै शान्त वातावरणमा गरिएको अन्तर्क्रिया, अनुभव आदान–प्रदान र सहकार्यले ‘सद्भाव’ शब्दलाई व्यवहारमै उतारेको अनुभूति दिलायो।

आईएमई लाइफले यस अभियानमार्फत केवल व्यवसाय प्रवर्द्धनमात्र नभएर मानवीय सम्बन्ध, आत्मिक सन्तुलन र भविष्यप्रतिको जिम्मेवारीलाई समेत उच्च प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ। जीवन बीमा केवल आर्थिक सुरक्षा होइन, यो भविष्यप्रतिको भरोसा र परिवारप्रतिको उत्तरदायित्वको प्रतीक हो भन्ने सन्देश यस यात्राले प्रभावकारी रुपमा प्रवाह गरेको छ।

‘कर्णाली कनेक्सन’ जस्तो अभियानले देशका दुर्गम क्षेत्रसँग जोडिनुका साथै त्यहाँको सन्देशलाई राष्ट्रिय स्तरमा फैलाउने काम गरेको छ। राराको शान्त काखबाट सुरु भएको ‘शान्ति र सद्भाव यात्रा’ले जीवन बीमाको महत्त्वलाई भावनात्मक र व्यावहारिक दुवै दृष्टिले पुनः परिभाषित गरेको अनुभूति सहभागीहरुले गरेका छन्।

अन्ततः यो यात्रा केवल गन्तव्यसम्म पुग्नेमात्र नभएर जीवन र जीवन बीमाको गहिरो अर्थ बुझ्ने एक अविस्मरणीय संस्मरण बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS