IME Life New

कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता बन्न के-के चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि, पशुपन्छी तथा जडीबुटी बीमा लघु बीमाअन्तर्गत पर्दछ। यो बीमाका लागि अभिकर्ता बन्न नेपाल बीमा प्राधिकरणबाट इजाजत लिएको हुनुपर्दछ।

बीमा प्राधिकरणले बीमा अभिकर्तासम्बन्धी निर्देशन जारी गर्दै कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता बन्न व्यक्ति र संस्था केही योग्यता निर्धारण गरेको हो। ती योग्यता भएकाले मात्रै बीमा अभिकर्ता बन्न पाउँछन्।

Esewa
Crest

निर्देशनअनुसार यो बीमा अभिकर्ताको इजाजतपत्र पाउन व्यक्तिका हकमा कृषि वा पशु वा वनस्पति विज्ञानमा कम्तीमा १ वर्षको तालिम प्राप्त गरेको वा कृषि वा पशु वा वनस्पति विज्ञानमा सोभन्दा माथिल्लो योग्यता हासिल गरेको हुनुपर्छ।

संस्थाका हकमा प्रचलित कानुनबमोजिम दर्ता भएका कृषि, पशुपन्छी, जडीबुटीसम्बन्धी सहकारी संस्था वा कृषक समूह वा कृषिसम्बन्धी फर्म वा कम्पनी हुनुपर्ने वा संस्थाको उद्देश्यमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता भई कार्य गर्ने भन्ने उल्लेख भएको हुनुपर्ने वा संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा कुनै एकजना उच्च व्यवस्थापक भई कार्य गर्ने व्यक्ति कृषि वा पशु वा वनस्पति विज्ञानमा कम्तीमा १ वर्षको तालिम प्राप्त गरेको वा कृषि वा पशु वा वनस्पति विज्ञानमा सोभन्दा माथिल्लो योग्यता हासिल गरेको हुनुपर्छ।

कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्तासम्बन्धी अन्य व्यवस्था कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशनबमोजिम हुने निर्देशनमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS