IME Life New

प्रभु महालक्ष्मी लाइफद्वारा बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई विद्यालय संचालन गर्न ८ लाख २१ हजार २ सय पचास रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयममा पठन पाठन कार्यलाई सहज बनाउन र विद्यार्थीको अध्ययन वातावरण बनाउनका लागि अत्यावश्यक फर्निचरका सामग्रीहरु खरिद गर्नका लागि बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड सो रकम सहयोग गरेको हो ।

शुक्रबार बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष सम्झना अर्यालले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीका प्रधानाध्यापक मोहन प्रसाद भट्टलाई ८ लाख २१ हजार २ सय पचास रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

Esewa
Crest

चेक हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समितिकी अध्यक्ष सम्झना अर्यालले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरुलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरिन् । कम्पनीले अति आवश्यक क्षेत्रको पहिचान गरि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् ।

त्यसैगरी बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीका प्रधानाध्यापक मोहन प्रसाद भट्टले यस सामुदायीक विद्यालयका विद्यार्थीहरुको पठन पाठनलाई सहज र स्तरीय बनाउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको उल्लेखनिय रहेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति सदस्यहरु भावना बलायर विरेन्द्रजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे एवं बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीका तर्फबाट सहायक प्रधानाध्यापक अनिता लामा, शिक्षकहरु र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS