IME Life New

हिमालयन लाइफका अध्यक्ष बजाजले लिए पद तथा गोपनीयताको सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

xकाठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको नवनियुक्त अध्यक्षमा नारायण बजाजले पद तथा गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त अध्यक्ष बजाजलाई आज नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले पद तथा गोपनीयताको सपथ गराएकी हुन्।

हिमालयन लाइफको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। बैठकले उनलाई लक्ष्मी कर्प नेपालका तर्फबाट सञ्चालक समितिमा रिक्त संस्थापक समूहबाट सदस्यमा चयन गर्दै अध्यक्षमा नियुक्त गरेको हो।

Esewa
Crest

यसअघि हिमालयन लाइफको अध्यक्षमा शुभल अग्रवाल रहेका थिए। उनले व्यक्तिगत कारण उल्लेख गर्दै चैत १९ गते अध्यक्षबाट राजीनामा दिएका थिए। बाँकी कार्यकालका लागि बजाजलाई कम्पनीले अध्यक्षमा नियुक्त गरेको हो।

सम्पत्ति शुद्धीकरण मामिलामा अग्रवाल हाल प्रहरी हिरासतमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS