IME Life New

कालिन्चोक हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिन्चोक हाइड्रोपावरले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १०० रुपैयाँका दरका कुल १३ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये पहिलो चरणमा ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ।

अब कम्पनीले बाँकी रहेको कित्तामध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याएको छ। बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

Esewa
Crest

यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयबाट आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS