काठमाडौं । आईपीओ प्रति निकै क्रेज रहेको नेपालको शेयर बजारमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओले फेरी पनि लगानीकर्तालाई आकर्षक प्रतिफल दिएको छ । ८२० रुपैयाँ ८० पैसामा आईपीओ भरेका लगानीकर्ताले ५० कित्ताका दरले शेयर प्राप्त गरेका थिए । सर्वासाधारण तर्फ १८ हजार ४९५ ले शेयर हात पारेकोमा वैदेशिक रोजगारी तर्फ २ हजार ३११ जनाले शेयर प्राप्त गरेका थिए ।
कम्पनीको पछिल्लो बजार मूल्य ३ हजार २४१ रुपैयाँ ९० पैसा कायम भएको छ। पछिल्लो बजार मूल्य अनुसार आईपीओ पर्ने लगानीकर्तालाई १ लाख ११ हजार माथि फाइदा देखिएको छ ।

फोटो श्रोत : नेपाली पैसा Net Price Calculator












