IME Life New

मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच राजस्व भुक्तानी सम्बन्धि सम्झौता, राजस्व बुझाउने प्रक्रिया सहज हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: विकास बैंकहरु मध्येको अग्रणी मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्लियरिङ्ग हाउस लि. बीच नेपाल सरकारको राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

मुक्तिनाथ विकास बैंकबाट नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत ईलेक्ट्रोनिक चेक क्लियरीङ र ईन्टर बैंक पेमेन्ट सिस्टमका सुविधाहरु मुक्तिनाथ विकास बैंकको सबै शाखाबाट सेवा लिन सकिनेछ । यस कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणाली मार्फत बैंकको ग्राहकहरुले अनलाइनबाटनै नेपाल सरकारको राजस्व भुक्तानी लगायत अन्य भुक्तानीहरु समेत सिधै बैंकको खाताबाट कारोवार गर्न सक्नेछन् ।

Esewa
Crest

यस सेवा मार्फत ग्राहकहरुले राजस्व कार्यालयमा लाइन बस्नु पर्ने बाध्यताबाट छुटकारा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ । यसका लागि https://www.connectips.com/  लिंक मार्फत आफ्नो यूजर आईडी बनाउने र बैंक खाताको सम्पुर्ण जानकारी राखी बैंक मार्फत एक पटक रुजु गराउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS