काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सरकारी राजस्व परिचालन ५.३ प्रतिशतले बढेर रु. १२ खर्ब ४१ अर्ब ३२ करोड र कुल सरकारी खर्च ४.६ प्रतिशतले बढेर रु. १५ खर्ब ८२ अर्ब १७ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार चालु खर्च ९.१ प्रतिशतले बढेर रु. १० खर्ब ४३ अर्ब ९९ करोड पुग्दा विकासमुखी पुँजीगत खर्च भने १४.८ प्रतिशतले घटेर रु. १ खर्ब ९० अर्ब ८४ करोड मा सीमित भएको छ।
यसैगरी, २०८३ असार मसान्तसम्म नेपाल सरकारको तिर्न बाँकी कुल सरकारी ऋण अघिल्लो वर्षको रु. २६ खर्ब ७४ अर्ब ५ करोडबाट बढेर रु. २९ खर्ब ७४ अर्ब ९० करोड (जीडीपीको ४५.१ प्रतिशत) पुगेको छ।











