काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ। सबै पद प्राविधितर्फ रहेका छन्।
नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा नयाँ भर्ना खुलाएको हो। प्राविधिकतर्फ प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदमा भर्ना खुलेको छ।
नेपाल प्रहरीमा जवानतर्फ २८० जना र अन्य पदका लागि १२९ जनाका लागि भर्ना खुलाइएको छ। इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एन्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा भर्ना खुलेको छ।
त्यस्तै विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमएलगायतका पदमा दरखास्त खुलाइएको छ।
इच्छुक उम्मेदवारले चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। प्रहरी जवानतर्फ चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म दरखास्त दिन सकिनेछ।













