काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले अविभिन्न पदहरुमा विभिन्न शाखा तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
स.स्थाले कनिष्ठ अधिकृत पदमा २ जना, वरिष्ठ सहायक पदमा ४ जना, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केही संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि न्युनतम एसएलसी देखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता भएको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात चैत २५ गतेभित्र आवेदन दिनुपर्नेछ ।













