IME Life New

बिमा गरेर आयकर छुट सुबिधा पाउन के गर्नु पर्छ..?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं:आयकर ऐन २०५८, अनुसार कर्मचारीले वार्षिक २० हजार रुपैयाँ बराबरको बिमाशुल्कमा कर छुटको व्यवस्था छ, यो व्यवस्था लागु भएको लामो समय सम्मपनि समयअनुकुल परिमार्जन नभएको गुनासो सबै तिर रहेको छ, अहिलेको व्यवस्थाअनुसार जीवन बिमा गरेबापत २० हजार रुपैयाँसम्म छुट दिने व्यवस्था छ, भने स्वस्थबिमामा पनि २० हजार रुपैयाँसम्म छुट दिने व्यवस्था रहेको छ । स्वस्थबिमामा छुट दिने व्यवस्था भने केहि समय अगाडी मात्र सुरु गरिएको हो।

सरकारको हालको व्यवस्थाअनुसार अविवाहित कर्मचारीको वार्षिक आम्दानी ३ लाख ५० हजारसम्म र विवाहित भए ४ लाखसम्मको आम्दानीमा सामाजिक सुरक्षाबापत १ प्रतिशत मात्र कर भुक्तान गर्नुपर्छ । तर, ५ लाख रुपैयाँ वार्षिक आम्दानी भएमा थप एक लाखमा १५ प्रतिशत र २५ लाखसम्म भएमा २५ प्रतिशतसम्म कर भुक्तान गर्नुपर्छ । सोभन्दा माथि भएमा थप रकममा ३५ प्रतिशत रुपैयाँ आयकर भुक्तान गर्नुपर्छ ।

Esewa
Crest

तर, यदि कुनै पनि कर्मचारीले वार्षिक २० हजार रुपैयाँ बिमाशुल्क भुक्तान गरेको छ भने उसले कर तिनुपर्ने रकममा २० हजार घटाएर बाँकी रकमको मात्रै आयकर भुक्तान गरे पुग्छ । जस्तैः- कुनै कर्मचारीको ५ लाख रुपैयाँ वार्षिक आम्दानी छ भने उसले ४ लाखको १ प्रतिशत र बाँकी १ लाखको १५ प्रतिशत आयकर भुक्तान गर्नुपर्छ । तर, उसले वार्षिक २० हजार नै बिमाशुल्क भुक्तान गर्छ भने १ लाखमा २० हजार घटाएर बाँकी रहेको ८० हजारको मात्रै आयकर भुक्तान गरे हुन्छ ।

आयकर ऐन २०५८ अहिले धरै पुरानो भैसकेको तथा बिमा क्षेत्रलाई थप आकर्षक बनाउन नेपाल बिमाक संग तथा बिमा सम्बद्ध अन्य निकायले कर्मचारी बिमामा रु एक लाख सम्ममा आयकर छुटको माग गरिरहदा बिमा समितिले जीवन बिमा गरेबापत ५० हजार रुपैयाँसम्म आयकर छुट दिने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई सुझाब दिएको छ । बीमा समितिले आगामी आर्थिक बर्षको बजेटमा बीमा क्षेत्रको विस्तार गर्न नीतिगत सुधारदेखि बीमितहरुलाई आयकरमा दिँदै आइरहेको छुटको सीमालाई बढाउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । समितिले बजेट निमार्णको क्रममा रहेको मन्त्रालयलाई बजेटमा समेटिनुपर्ने बीमाका विविध विषयहरू समावेश गरेर सुझाव पठाएकाे हो ।

न्यून आय भएका व्यक्तिहरुलाई बीमामा आकर्षित गर्न जीबन बीमा गरे बापत दिइने गरेको २० हजार रुपैयाँको आयकर छुटलाई बढाएर ५० हजार पुर्याउन समितिले सुझाव दिएको छ । यस्तै निर्जीवन बीमा कार्यक्रम अर्न्तगत घर तथा आवासको बीमा गर्नेहरुलाई पनि आयकरमा १० हजार रुपैयाँ छुटको व्यवस्था गर्न समितिले अर्थलाई सुझाब दिएको छ ।

अर्थ मन्त्रालयले यो बिषयलाई अर्थमन्त्रिले कसरी सम्बोधन गर्छन हेर्नको लागि सरकार को बजेट भासण कुर्नुपर्ने हुन्छ तर आयकर ऐन २०५८ आजले परिभाषित गरेको’ कर्मचारीले वार्षिक २० हजार रुपैयाँ बिमाशुल्कमा आयकर छुट सुबिधा’ अब छिट्टै फराकिलो सिमामा बनाएर लैजानुको विकल्प छैन, तसर्थ जिबन बिमा गर्दा कम्तिमा पनि ५० हजार भन्दा बढीको बिमा शुल्क हुने गरि बिमा गर्दा दीर्घकालीन रुपमा आयकर छुटको फाइदा लिन सकिन्छ  ।

आयकर छुट सुबिधा लिनको लागि बिमा गर्ने कर्मचारीले बिमा शुल्क तिरेको रशिद सम्बन्धित कार्यालयको लेखा वा मानब संसाधन ब्यबस्थापन शाखामा पठाउनु पर्ने हुन्छ, कर्मचारीले वार्षिक २० हजार रुपैयाँ बिमाशुल्कमा आयकर छुट सुबिधा’ निजि/सरकारी/संस्थान वा संगठित संस्था सबैमा लागू हुन्छ  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS