IME Life New

संस्थापक शेयरलाई पब्लिकमा परिवर्तन गर्ने प्रस्ताव सहित प्रभु महालक्ष्मीले बोलायो विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले संस्थापक शेयरको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा डाँकेको छ।

सञ्चालक समितिको मंगलबारको ३८ औं बैठकले संस्थापक शेयर परिवर्तन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा थपघट गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव सहित चैत्र १९ गते नक्सालस्थित आम्रपाली ब्याङ्कवेटमा बिहान ९ बजेदेखि शुरू हुने गरी विशेष साधारण सभा तोकेको हो।

Esewa
Crest

साधारण सभामा सहभागिताका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीले चैत्र १७ गतेभित्र  कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा प्रोक्सी दर्ता गराई सक्नु पर्नेछ ।

छलफलको विषय अन्तर्गत विविध शिर्षक सम्बन्धमा शेयरधनी महानुभावहरुले छलफल गर्न चाहनु भएको विषयबारे कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित जानकारी दिन अनुरोध गरेको छ। । त्यस्तो विषय सञ्चालक समितिको अध्यक्षलाई उचित लागेमा मात्र छलफलको लागि समावेश गरिने कम्पनी सचिवले सूचनामा जानकारी दिएका छन् ।

विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयर दाखिल खारेजको काम २०८२ साल चैत्र महिना १२ गते बिहीबारका दिन बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०८२ चैत्र ११ गते बुधबारसम्म कारोबार भई शेयरधनी कितावमा कायम शेयरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS