IME Life New

सूर्यज्योति लाइफले पाँचतारे अन्तर्राष्ट्रिय होटल होलिडे इन धनगढीमा लगानी गर्ने, गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीले धनगढी स्थित क्लव चौलानी लिमिटेडमा २५ प्रतिशत सेयर हिस्सा लिएर लगानी सम्झौता गरेको हो। उक्त परियोजना अन्तर्राष्ट्रिय होटल समूह IHG Hotels & Resorts अन्तर्गतको होटल होलिडे इन धनगढी ब्रान्डमा सञ्चालन हुने सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय स्तरको पहिलो पाँचतारे होटल हुनेछ।

क्लव चौलानीका अध्यक्ष डा. राजेन्द्र के.सी. ले यस सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, “हामी धनगढीमा IHG Hotels & Resorts सँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। पश्चिम नेपालको व्यावसायिक तथा पर्यटन प्रवेशद्वारका रूपमा धनगढी तीव्र रूपमा विकास हुँदै गइरहेको सहर हो। यहाँ अन्तर्राष्ट्रिय स्तरको ब्रान्डेड आतिथ्य सेवाको ठूलो सम्भावना छ। IHG  को विश्वव्यापी अनुभव र गुणस्तरीय मापदण्डसहित अतिथिहरूलाई भरपर्दो र स्वागतयोग्य बसाइ अनुभव प्रदान गर्ने हाम्रो अपेक्षा छ।”

Esewa
Crest

होटलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन्। प्रमुख सुविधाहरूमा करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन्।

अन्तर्राष्ट्रिय ब्रान्ड होटलको उपस्थितिले धनगढी क्षेत्रमा बढ्दो व्यवसायिक तथा पर्यटन मागलाई सम्बोधन गर्दै अन्तरास्ट्रिय स्तरको आतिथ्य सत्कार प्रदान गर्नुका साथै यस क्षेत्रको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लगानीकर्ताले गरेका छन।

नेपालको पर्यटन क्षेत्रको दीर्घकालीन सम्भावनालाई दृष्टिगत गर्दै दीर्घकालीन लाभ, स्थिर प्रतिफल, तथा सुदूरपश्चिम क्षेत्रकै पर्यटन पूर्वाधारको विकासमा योगदान गर्ने उद्देश्यले यस परियोजनामा लगानी गरिएको हो। साथै यो साझेदारीले न केवल SuryaJyoti Life Insurance को लगानीलाई सुदृढ बनाउनेछ, बरु पश्चिम नेपालमा गुणस्तरीय पर्यटन पूर्वाधार विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने छ, सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत,प्रकाश बिक्रम खत्रीले प्रस्ट पारे।

नेपालकै पहिलो ९००१-२०१५ आई, एसओ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पूजी रु। ५०१ करोड, जीवन बीमाकोष रु। ४,६१७ करोड, लगानी रु ५,१२० करोड, नेटवर्थ रु ६१८ करोड, १ लाख ७ हजार अभिकर्ता संख्या, ३६ लाख ३० हजार बीमालेख संख्या र देशै भरि रहेका १७६ शाखा संजाल मार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ। साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरु बिरुद्ध रु। ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS