IME Life New

एशियन लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा  सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०८१/०८२ को वार्षिक प्रतिवेदन साधारण सभाले अनुमोदन गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित नाफाबाट यस कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत(५ प्रतिशत बोनश शेयर समेत) लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । आव. २०८१/०८२ का लागि चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने रु.२५,००,५७,९६०.३५ रकम बराबरको बोनश शेयर र ५.५२६३ प्रतिशत (लाभांशमा लाग्ने कर समेत) ले हुन आउने रु.२७,६३,७९,८५०.९१ नगद लाभाश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
यसैगरी आर्थिक वर्ष.२०८१/८२ (एनएफआरएस बमोजिम) आषाढ मसान्तसम्मको   वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुुसूचिहरु माथि छलफल सहित पारित भएको छ ।
साधारण सभाबाट आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत
पारित भएको छ ।
साधारण सभाको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS