IME Life New

गुह्येश्वरी मर्चेण्टको शेयरधनीलाई लाभांश दिलाउने जिम्मेवारी जलज अधिकारीको काँधमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा जलज अधिकारी नियुक्त भएका छन् ।

अधिकारी यसअघि महालक्ष्मी विकास बैंक लिमिटेडमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । संयोगवश गुह्येश्वरी मर्चेन्टले महालक्ष्मी विकास बैंकबाट आएका दोश्रो प्रमुख कार्यकारी अधिकृत पाएको छ। २०७७ साल माघ १ गते ४ वर्षे कार्यकालका लागि नियुक्त भएका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ महालक्ष्मी विकास बैंक(साबिक महालक्ष्मी फाइनान्स)बाट एशियन लाइफ हुँदै गुह्वेश्वरी मर्चेण्टको नेतृत्व सम्हाल्न पुगेका थिए।

Esewa
Crest

खराब कर्जा बढेपछि गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स वित्तीय दबाबमा रहेको छ। वासलातको अवस्था स्वस्थ नभएकाले यसले लगातार तीन आर्थिक वर्ष २०७९।८०, २०८०।८१ र २०८१।८२ शेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन। खराब कर्जा असुल उपर गर्ने, चालू कर्जालाई नियमित गर्ने र संस्थाको वित्तीय अवस्था सुधार गरेर शेयरधनीलाई नाफा वितरण गर्न योग्य बनाउनुपर्ने चुनाैती नवनियुक्त कार्यकारी अधिकृत अधिकारीको काँधमा आएको छ।

दुई सीइओ पुरा गर्न सकेनन् कार्यकालः

लामो समय प्रमुख कार्यकारी अधिकृत रहेर दिनेशलाल श्रेष्ठ बाहिरिएपछि नियुक्त भएका दुईजना प्रमुख कार्यकारी अधिकृतले कार्यकाल पुरा नहुँदै बाहिरिएका छन् । दिनेशलाल एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन राजीनामा दिएर बाहिरिएपछि एशियन लाइफका पूर्व प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ गुह्येश्वरीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनी २०८० असोज २२ गतेदेखि लागू हुने गरी राजीनामा दिएर कार्यकाल पुरा नहुँदै बाहिरिए।

राजेश कुमार श्रेष्ठ बाहिरिएपछि बेष्ट फाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले गुह्येश्वरीको प्रमुख कार्यकारी पदमा नियुक्ति पाए। ‘प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनुछ ‘ भन्दै उनले कार्यकाल पुरा नहुँदै पुस १७ गते राजीनामा दिएर बाहिरिए। माघ २ गतेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको भएपनि प्रतिनिधि सभा निर्वाचनमा उनले उम्मेदवारी दर्ता गराएका छैनन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत जलज अधिकारीसँग वित्तीय संस्था र विकास बैंकमा दुई दशकभन्दा लामो अनुभव छ। उनको पेशागत यात्रा महालक्ष्मी फाइनान्स लिमिटेडको शाखा प्रबन्धकबाट शुरू भएको हो। त्यसयता महालक्ष्मी फाइनान्स अन्य वित्तीय संस्थासँग मर्ज भएर महालक्ष्मी विकास बैंकमा परिणत हुँदासम्म उनी विभिन्न पद र जिम्मेवारीमा रहेर कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS