IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा १ करोड ५७ लाख, खुद बीमाशुल्क १ अर्ब ३ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।

२ अर्ब ५० करोड शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्पेसल रिजर्भमा १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा रिटेन्ड अर्निङमा ३० करोड ८४ लाख रहेको छ । अन्य इक्विटीमा ४२ करोड ९२ लाख रहेको छ ।

Esewa
Crest

अघिल्लो वर्ष असार मसान्तसम्ममा स्पेसल रिजर्भमा १ अर्ब ९१ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा ३० करोड १५ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा ४१ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ९० प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६८ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य बढेको हो ।

समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन २४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८२ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७८ करोड ८९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८५ करोड ७३ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS