IME Life New

सानिमा रिलायन्स लाइफले पायो ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अन्तर्राष्ट्रिय अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवाडर्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयरको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

थाइल्यान्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा आयोजना गरिएको हो। जसमा एसियाका उदाउँदा बीमा बजारहरुमा नवीनता, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक केन्द्रित पहलहरुलाई मूल्यांकन गरी प्रदान गरिने एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो। यस विधामा सानिमा रिलायन्स लाइफको छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी र व्यवहारिक बीमा रणनीतिहरुको स्पष्ट प्रतिविम्ब हो।

Esewa
Crest

अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नु कम्पनीका लागि गौरवको विषय रहेको र यो अवार्ड कम्पनीको रणनीतिक सोच, टिमको समर्पण र ग्राहक केन्द्रित दृष्टिकोणको मान्यता रहेको बताए। उनले सानिमा रिलायन्स लाइफ सधैँ बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने उद्देश्यमा केन्द्रित रहँदै आएको उल्लेख गरे।

यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले प्राप्त गरेको अन्तर्राष्ट्रिय अवार्डले सानिमा रिलायन्स लाइफलाई नेपालमा मात्र नभएर एसियाली बीमा बजारमा समेत एक सक्षम, रणनीतिक र भरोसायोग्य जीवन बीमा कम्पनीका रुपमा थप सुदृढ हिसाबले स्थापित गरेको बताए।

अवार्ड कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता थियो। कार्यक्रमले एसियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान र ग्राहक केन्द्रित नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रुपमा स्थापित गर्दै आएको छ। हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यसका साथै २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS