IME Life New

६ महिनामा रु. १.२० खर्बको बीमा व्यवसाय, प्रदेशगत हिसाबले जीवन र निर्जीवन बीमकको व्यापार कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म १ खर्ब २० अर्ब रुपैयाँ बढीको बीमा व्यापार भएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमकले १ खर्ब २० अर्ब ९४ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यसमा ९६ अर्ब ६४ करोड ३ लाख रुपैयाँबराबरको जीवन बीमा र २४ अर्ब ३० करोड २९ लाख रुपैयाँबराबरको निर्जीवन बीमा व्यापार भएको छ। कुल व्यापारमा जीवन बीमाको हिस्सा ७९.९१ प्रतिशत र निर्जीवन बीमाको हिस्सा २०.०९ प्रतिशत रहेको छ।

Esewa
Crest

हाल नेपालमा १४ वटा जीवन बीमक, ३ वटा लघु जीवन बीमक, १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमक रहेका छन्।

प्रदेशगत जीवन बीमा व्यापार

चालु आर्थिक वर्षको पुससम्म जीवन बीमकहरुले सबैभन्दा धेरै व्यापार बागमती प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले ४२ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा बागमतीको हिस्सा ४४.१३ प्रतिशत रहेको छ।

यसैगरी कम्पनीहरुले दोस्रो धेरै जीवन बीमा व्यवसाय लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले १५ अर्ब १५ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा लुम्बिनीको हिस्सा १५.६८ प्रतिशत रहेको छ।

जीवन बीमा व्यापारको हिसाबले कोशी प्रदेश तेस्रो ठूलो बजार देखिएको छ। कम्पनीहरुले यो प्रदेशबाट ११ अर्ब ५३ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा कोशी प्रदेशको हिस्सा ११.९३ प्रतिशत रहेको छ।

पुससम्म जीवन बीमकहरुले गण्डकी प्रदेशबाट ९ करोड ८७ लाख ४ लाख रुपैयाँ (१०.२१ प्रतिशत), मधेश प्रदेशबाट ८ अर्ब ७० करोड ७२ लाख रुपैयाँ (९.०१ प्रतिशत), सुदूरपश्चिम प्रदेशबाट ५ अर्ब ८१ करोड ३८ लाख रुपैयाँ (६.०२ प्रतिशत) र कर्णालीबाट २ अर्ब ९२ करोड १९ लाख रुपैयाँ (३.०२ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन्।

प्रदेशगत निर्जीवन बीमा व्यापार

चालु आर्थिक वर्षको पुससम्म निर्जीवन बीमकहरुले पनि सबैभन्दा धेरै व्यापार बागमती प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले १६ अर्ब ५९ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा बागमतीको हिस्सा ६८.२७ प्रतिशत रहेको छ।

यसैगरी कम्पनीहरुले दोस्रो धेरै निर्जीवन बीमा व्यवसाय लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले २ अर्ब ८ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा लुम्बिनीको हिस्सा ८.६० प्रतिशत रहेको छ।

निर्जीवन बीमा व्यापारको हिसाबले कोशी प्रदेश तेस्रो ठूलो बजार देखिएको छ। कम्पनीहरुले यो प्रदेशबाट २ अर्ब २ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा कोशी प्रदेशको हिस्सा ८.३५ प्रतिशत रहेको छ।

पुससम्म निर्जीवन बीमकहरुले मधेश प्रदेशबाट १ अर्ब ५६ करोड रुपैयाँ (६.४२ प्रतिशत), गण्डकी प्रदेशबाट १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ (५.०१ प्रतिशत), सुदूरपश्चिम प्रदेशबाट ५८ करोड ४७ लाख रुपैयाँ (२.४१ प्रतिशत) र कर्णालीबाट २३ करोड ७ लाख रुपैयाँ (०.९५ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS