IME Life New

जीवन बीमकको करिब १५%ले बढ्यो नवीकरण बीमाशुल्क, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्म जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरण गरेर करिब पौने ७३ अर्ब बीमाशुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले चालु आर्थिक वर्षको पुससम्म ७२ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म बीमा कम्पनीहरुले ६३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमकहरुले संकलन गरेको नवीकरण बीमाशुल्क १४.७५ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा चालु वर्षको पुससम्म सबै कम्पनीको नवीकरण बीमाशुल्क संकलन बढेको छ। नेपाल लाइफले सर्वाधिक नवीकरण बीमाशुल्क संकलन गर्दा वृद्धिदरमा राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ।

चालु वर्षको पुससम्म नेपाल लाइफले १९ अर्ब ५२ करोड १३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले १८ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीमा बीमाशुल्क संकलन ६.२९ प्रतिशतले बढेको छ।

दोस्रो धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ। यो कम्पनीले पुससम्म ८ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ८ अर्ब १२ करोड ९८ लाख रुपैयाँमात्रै नवीकरण बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ५.१० प्रतिशतले बढेको छ।

तेस्रोमा नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले ७ अर्ब १५ करोड ५५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म १५.४९ प्रतिशतले बढेर ८ अर्ब २६ करोड ३६ लाख रुपैयाँ संकलन गरेको थियो।

यसैगरी पुससम्म हिमालयन लाइफले ७ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ५ करोड ८० लाख रुपैयाँ संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ५.६५ प्रतिशतले बढेको छ।

चालु वर्षको पुससम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७१ करोड २७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गर्दा सूर्यज्योति लाइफले ४ अर्ब २२ करोड २९ लाख रुपैयाँ, एसियन लाइफले ३ अर्ब ५० करोड ६६ लाख रुपैयाँ, सिटिजन्स लाइफले २ अर्ब ७४ करोड २८ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब ६३ करोड ९ लाख रुपैयाँ संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको १५४.०३ प्रतिशत, सूर्यज्योति लाइफको १२.६३ प्रतिशत, एसियन लाइफको ६.४८ प्रतिशत, सिटिजन लाइफको १५.१९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ११.०३ प्रतिशतले नवीकरण बीमाशुल्क बढेको छ।

यसैगरी समीक्षा अवधिसम्म मेटलाइफले २ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ८ करोड ३६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब १ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९९ करोड ८० लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५६ करोड २० लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा मेटलाइफको १०.८६ प्रतिशत, आइएमई लाइफको २२.५० प्रतिशत, रिलायबल नेपाल लाइफको २१.६१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १४.५८ प्रतिशत र सन नेपाल लाइफको २०.३१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS