IME Life New

बंगलादेशी बीमकमा जनविश्वास घट्दा नेपाली बीमकमा कस्तो छ दाबी भुक्तानीको अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा बीमा कम्पनीहरुले गरिरहेको बीमाशुल्क संकलनको तुलनामा निकै कम दाबी भुक्तानी हुनुले जनविश्वास घटिरहेको छ। नेपालमा भने बीमा दाबी भुक्तानीको चाप उल्लेख्य रुपमा बढेको छ।

आर्थिक वर्ष २०८१।८२ को अन्त्यसम्मको तथ्यांक हेर्दा नेपालका जीवन बीमा कम्पनीहरुले करिब १ खर्ब ८२ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्दा ७९ अर्ब रुपैयाँबराबरको दाबी भुक्तानी गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा २०.६४ प्रतिशतको वृद्धि हो।

Esewa
Crest

शेषगरी निर्जीवन बीमाको क्षेत्रमा नेपालमा दाबी भुक्तानीको दरमा ठूलो उछाल आएको छ। हालैका महिनाहरुमा भएका जनआन्दोलन, डढेलो र मनसुनजन्य बाढीपहिरोका कारण बीमा कम्पनीहरुमा अर्बौंको दाबी परेको छ।

चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ४ महिनामा मात्र निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी ३४.१९ प्रतिशतले बढेर ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बंगलादेशमा दाबी भुक्तानी दर न्यून हुँदा कम्पनीहरुको पारदर्शितामा प्रश्न उठेको छ। नेपालमा भने ठूलो मात्रामा परेका दाबीहरुलाई समयमै फर्छ्स्यौट गर्नुपर्ने चुनौती बीमा क्षेत्रले झेलिरहेको छ।

नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको वित्तीय स्वास्थ्य सुधार्न र बंगलादेशमा जस्तो भुक्तानीको खाडल सिर्जना हुन नदिन पुँजी वृद्धि र मर्जरको नीतिलाई कडाइका साथ लागू गर्यो । यति हुँदा–हुँदै पनि नेपालमा अझै धेरै कम्पनीहरुले आफ्नो दाबी फर्छ्र्यौट अनुपात स्पष्ट रुपमा सार्वजनिक नगर्दा सर्वसाधारणमा पूर्ण विश्वास कायम हुन सकेको छैन। विगतको कोरोना बीमा दाबी भुक्तानीमा भएको ढिलाइले सिर्जना गरेको अविश्वासलाई मेटाउन अहिले प्राधिकरणले जोखिममा आधारित सुपरिवेक्षण मोडेल अपनाउँदै सुशासनमा जोड दिएको छ।

बंगलादेशमा बीमा कम्पनीहरुले बीमाशुल्क संकलन गरे पनि भुक्तानीमा अनिच्छा देखाएको आरोप लागिरहँदा नेपालमा भने दाबी भुक्तानीको संख्या र रकम दुवै बढ्दो क्रममा रहेको देखिन्छ। यद्यपि, बीमा दाबी प्रक्रियालाई अझ सरल, पारदर्शी र झन्झटमुक्त बनाउनु नै नेपालको बीमा बजारका लागि प्रमुख कार्यभार बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS