काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विभिन्न पदका लागि माग गरेको कर्मचारीमा आवेदन दिन पाँच दिन बाँकी रहेको छ । बोर्डले पाँचौँ तह दर्ता अधिकारीदेखि आठौँ तहमा मेडिकल अधिकृतसम्मको पदमा दरखास्त खुलाइएको हो । जसअनुसार काठमाडौंका लागि मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेन्ट (आठौँ तह) एकजना, हेल्थ इकोनोमिस्ट (सातौँ तह) एकजना, जनस्वास्थ्य अधिकृत (सातौँ तह) १ जना, एक्चुअरियन अधिकृत (सातौँ तह) एकजना, काठमाडौं तथा प्रदेश शाखा कार्यालयका ३ जना सूचना प्रविधि सहायक (पाँचौँ तह)र जिल्ला सम्पर्क कार्यालय र स्थानीय तहका लागि ६० जना दर्ता अधिकारी (पाँचौँ तह) छन् ।
यी पदमा अस्थायी दरबन्दीअन्तर्गत नयाँ जनशक्ति भर्ना गर्न लागिएको हो। इच्छुक उम्मेदवारले माघ १२ गतेभित्र दरखास्त पेस गर्नुपर्नेछ।













