काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म १९ वटा बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म ११ वटा जीवन बीमा कम्पनी र ८ वटा निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।
जीवन बीमातर्फ एशियन लाइफ इस्योरेन्स, सूर्यज्योति लाइफ, रिलायबल नेपाल लाइफ, एलआइसी नेपाल, नेशनल लाइफ, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, नेपाल लाइफ र सिटिजन लाइफले लाभांश घोषणा गरेका हुन् भने निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्स, हिमालयन लाइफ, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स हुन् ।
निर्जीवन बीमा कम्पनी
नेको इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३ प्रतिशत बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (करसहित) छन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स
यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।
नेपाल इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ६ दशमलव ३१५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ६ दशमलव ३१५८ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो ७७ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
शिखर इन्स्योरेन्स कम्पनी
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ६ दशमलव ३१५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ६ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । सलिकोले आफ्नो २९ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स
यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ८ प्रतिशत नै नगद लाभांश दिने जनाएको छ । इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा आउँदो माघ ६ गते आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीले बुक क्लोज गरिसकेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनी
यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल ७ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ३ दशमलव ३६८४ प्रतिशत नगद लाभांश दिने जनाएको छ । कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
जीवन बीमातर्फ लाभांश घोषणा गर्ने कम्पनीहरु
एशियन लाइफ इस्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
आइएमई लाइफ इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १० दशमलव ५२६३ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।
नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले आफ्नो २६ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
सिटिजन लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।
सन नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि १५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।
नेशनल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १२ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्नो ३८ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
सानिमा रिलायन्स लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव १७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १० दशमलव १७८ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले साधारण सभा सम्पन्न गरिसकेको छ ।
प्रभु महालक्ष्मी लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ दशमलव ४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ४ दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।
सूर्यज्योति लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १३ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
रिलायबल नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले १२ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।
एलआइसी नेपाल
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा कम्पनीले २१ दशमलव ०५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने भएको छ । एलआइसी नेपालले आफ्नो २४औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।
लाभांश घोषणा गरेका बीमा कम्पनीहरुले यस आर्थिक वर्षमा बोनश शेयरलाई भन्दा पनि नगद लाभांशलाई जोड दिएको पाइएको छ ।












