IME Life New

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक सहित विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, एशोसिएट प्राध्यापक, सहायक प्राध्यापक, लेक्चर सहित स्टाफ नर्स लगायतका पदहरुमा जनशक्ति माग गरेको हो ।

सूचना अनुसार आइटी असिस्टेन्ट, आइटी सपोर्ट टेक्निसियन, प्रक्यूमेन्ट असिस्टेन्ट तथा स्टोर इन्चार्ज समेत माग गरिएको छ । कलेजले दक्ष जनशक्तिहरु थप गरि स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अभिबृद्धि गर्न खोजेको कलेज प्रशासनले जनाएको छ ।

Esewa
Crest

योग्यता पुगेका दक्ष जनशक्तिले आफ्नो व्यक्तिगत र शैक्षिक विवरण इमेल गर्नुपर्ने छ । प्रशासनले आवेदन उपर प्रारम्भिक अध्ययन पश्चात आवेदन दिने व्यक्तिलाई सम्पर्क गरी अन्तरवार्ताका लागि बोलाउने छ ।

कलेजले पछिल्लो समय स्वास्थ्य सेवा तर्फ नयाँ सिटी स्क्यान, एमआरआई तथा अत्याधुनिक क्याथल्याब समेत सुरु गरिसकेको छ । स्वास्थ्य सेवामा नविनतम उपकरण तथा दक्ष जनशक्ति व्यवस्थापन गरी सर्वसाधारणलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS