IME Life New

बीमा कम्पनीहरुमा १ वर्षमा थपिए ५०० बढी कर्मचारी, जीवनभन्दा निर्जीवन बीमकमा धेरै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बीमा कम्पनीहरुमा ५०० जनाभन्दा बढी कर्मचारी थपिएका छन्।

नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुमा चालु आर्थिक वर्ष २०८२।८३ को मंसिरसम्म १२ हजार ३३९ जना कर्मचारी कार्यरत छन्। यो संख्या गत आर्थिक वर्ष २०८१।८२ को मंसिरसम्मको तुलनामा ४.४१ प्रतिशत अर्थात् ५२१ जनाले बढी हो। गत वर्ष सोही अवधिसम्म बीमा कम्पनीहरुमा ११ हजार ८१८ जना कर्मचारी कार्यरत थिए।

Esewa
Crest

चालु वर्षको मंसिरसम्म जीवन बीमा कम्पनीहरुमा ६ हजार ८२ जना र निर्जीवन बीमा कम्पनीहरुमा ६ हजार २५७ जना कर्मचारी कार्यरत छन्। गत वर्ष मंसिरसम्म जीवन बीमा कम्पनीहरुमा ५ हजार ८८२ जना र निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ९३६ जना कर्मचारी कार्यरत थिए। गत वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुमा कर्मचारी संख्या ३.४ प्रतिशत र निर्जीवन बीमकहरुमा ५.४१ प्रतिशतले जनशक्ति बढेको छ।

यसैगरी चालु वर्षको मंसिरसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या सामान्य बढेर ३ हजार १० पुगेको छ। जुन गत वर्ष मंसिरसम्मको तुलनामा ०.६४ प्रतिशतले बढी हो। गत वर्ष मंसिरसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ९९१ थियो।

हाल देशभर जीवन बीमकहरुको कार्यालय संख्या १ हजार ८५० र निर्जीवन बीमकहरुको १ हजार १६० रहेको छ। गत वर्ष मंसिरसम्म जीवन बीमकहरुको कार्यालय संख्या १ हजार ८३० र निर्जीवन बीमकहरुको १ हजार १६१ रहेको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको कार्यालय संख्या १.०९ प्रतिशतले बढ्दा निर्जीवन बीमकहरुको ०.०९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS