काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा कार्यरत बिरादत्त भट्ट बीमा क्षेत्रको अस्कर मानिने अन्तर्राष्ट्रिय पदक एमडीआरटी (मिलियन डलर राउन्ट टेबल) २०२६ का लागि छनोट भएका छन् । दार्चुला जस्तो विकट क्षेत्रलाई कार्यथलो बनाएर भट्टले छोटो समयमै यो सफलता हात पारेका हुन् ।
उच्च व्यावसायिकता, उत्कृष्ट ग्राहक सेवा र कडा परिश्रमका कारण उनले विश्वभरका उत्कृष्ट बीमा अभिकर्ताहरूको समूहमा आफ्नो नाम दर्ता गराउन सफल भएका हुन् ।
भट्टको यो दोस्रो सफलता हो । गत बर्ष २०२५ का लागि पनि उनले एमडीआरटीको सफलता हासिल गरिसकेका थिए । सही बीमा नीति र मेहेनत गर्ने हो भने विश्वस्तरको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उनको भनाई छ ।


















