IME Life New

३ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीन इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लाभांश र साधारणसभा प्रयोजनार्थ यी कम्पनीहरुले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको गरेका छन् । यसको अर्थ पुस १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ र नवौँ वार्षिक साधारणसभा पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष२०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) छन्।

त्यस्तै, नेपाल इन्स्योरेन्सले आफ्नो ७७ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लाबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। जसअनुसार हालको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ५ रुपैयाँको कुल १६ करोड ९ लाख ६२ हजार ६३१.८७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

यता, शिखर इन्स्योरेन्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश छन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS