IME Life New

लाभांश पारित गर्न एलआइसी नेपालले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले आफ्नो २४औं वार्षिक साधारण सभा पुस ३० गते बुधवार गर्ने भएको छ । सभा ११ः१५ बजेबाट शुरु हुनेछ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर हुने जनाइएको छ ।

कम्पनीले हाल कायम चुक्तापुँजीको कुल २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

सभाले अध्यक्षद्वारा संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

सभाले लेखा परिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, बहालवाला लेखापरीक्षक श्री केजे एशोशिएट्स पुन नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरू एवं स्वतन्त्र संचालकको नियुक्तिलाई अनुमोदन गर्नेछ । संचालक समितिका अध्यक्ष र सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०८१ /८२ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने, अध्यक्षको अनुमतिले अन्य कुनै विषयहरु पारित गर्नेछ ।

सभारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसा पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिनुको साथै लाभांश पाउनेछन् ।

1766549422648

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS