IME Life New

व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३०% सम्म छुट दिने नेपाल लाइफको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा आज पुस १ गतेदेखि आउँदो माघ १५ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो। जसअनुसार ३ वर्षसम्म व्यतित भएका बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

Esewa
Crest

यसैगरी ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा विलम्ब शुल्कमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ। एकपटक विलम्ब शुल्क छुट लिइसकेका बीमितहरुलाई पूरा बीमा अवधिभरि पुनः छुट नदिइने पनि कम्पनीले प्रस्ट पारेको छ।

कम्पनीका अनुसार यो छुट सुविधा पाउन बीमालेख १८० दिनभन्दा बढी व्यतित भएको हुनुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS